November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश १ सभामा बजेट प्रस्तुत : ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ विनियोजन

1.9K

विराटनगर : प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले २०७९।८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट विनियोजन गरेका हुन्। निर्वाचन क्षेत्र विशेष कार्यक्रमका लागि ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

निर्वाचित र समानुपातिक सांसदका लागि समान रकम विनियोजन गरिएको छ। प्रदेशमा रहेका ९० जना सांसदले १ करोडका दरले आफ्ना निर्वाचन क्षेत्रमा खर्च गर्ने गरी बजेट विनियोजन गरिएको हो।

Advertisement

स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेशमातहतका अस्पतालहरूको स्तरोन्नति गरिने भएको छ। त्यसका लागि २५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री आङ्बोले जनाएका छन्। एक वडामा एक बर्थिङ सेन्टरका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ।

मोरङको उर्लाबारी-३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पतालमा तथा ट्रमा सेन्टरको स्तरोन्नति गरिने भएको छ। यसका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। झापाको मेची अस्पतालमा न्यूरो सर्जरी सेवा शुरु गर्नका लागि पनि बजेट विनियोजन गरिएको छ।