August 12, 2022, Friday
२०७९ श्रावण २८
1:37:26 pm

मल अभावको स्थायी समाधान कारखाना खोल्नु हो : कृषिमन्त्री यादव

370

काठमाडौँ — कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले मल अभावको दीर्घकालीन अभाव अन्त्यको पहिलो विकल्प मल कारखाना खोल्नु रहेको बताएका छन् । उनले प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदले मन्त्रालयको बजेटमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उक्त कुरा बताएका हुन् । 

नेपालमा वर्षैपिच्छे मलको अभाव हुने गरेको र त्यसको दीर्घकालीन समाधान खोज्नुपर्ने मन्त्री यादवको भनाइ थियो । उनले त्यसका तीन विकल्प रहेको संसद्लाई जानकारी दिए । उनले भने, ‘मलको स्थायी निकास भनेको पहिलो मल कारखानाको स्थापना गर्ने हो; यसमा समय लाग्न सक्छ । दोस्रो, आयल निगमजस्तै व्यवस्था गर्नुपर्ने हुन्छ । तेस्रो, जीटूजी माध्यमबाट ल्याउने हो ।’

मल कारखाना स्थापना गर्ने सबै प्रक्रिया उद्योग मन्त्रालयबाट हुने मन्त्री यादवले बताए । उनले भने, ‘मल कारखानाका लागि बजेट छुट्याइएको छ । यो उद्योग मन्त्रालयसँग सम्बन्धित विषय हो । कृषि मन्त्रालय मलको लागि कारखाना स्थापना हुनुपर्ने तर उद्योग मन्त्रालयबाट समग्र प्रक्रिया अगाडि बढेको छ । लगानी बोर्डबाट नै यसको प्रक्रिया अगाडि बढ्नेछ ।’

Advertisement

मन्त्री यादवले किसानको क्षति अनुदानको जिम्मेवारी दिने काम गृह मन्त्रालयको भएको बताए ।