November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पर्वतारोहण अनुमतिबाट उठ्यो ४९ करोड रोयल्टी

1.8K

काठमाडौं : सरकारलाई यो सिजनमा पर्वतारोहणबाट ४९ करोडभन्दा बढी रोयल्टी प्राप्त भएको छ। पर्यटन विभागका अनुसार ९ सय ८६ पर्वतारोहीबाट ४९ करोड ३ लाख ७२ हजार ८०७ रूपैयाँ रोयल्टी उठेको छ।

यो सिजनमा स्वदेश तथा ७४ देशबाट ७ सय ७३ पुरुष र २ सय १३ महिला आरोहीले पर्वतारोहणको अनुमति लिएका छन्। आरोहण खुलेका विभिन्न २७ हिमालमध्ये सबैभन्दा बढी ३२५ जनाले सर्वोच्च शिखर सगरमाथा चढ्न अनुमति लिएको विभागले जनाएको छ।

सगरमाथापछि ८ हजार ५१० मिटर उचाइको ल्होत्से आरोहण गर्न १३५ जनाले अनुमति लिएका छन्। आमादब्लम आरोहणका लागि ९८ जना, नुप्त्सेका लागि ७२, कञ्चनजंघा चढ्न ६९ जनाले अनुमति लिएका छन्।

Advertisement

विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्न सबैभन्दा बढी ६५ जना अमेरिकीले अनुमति लिएका छन् भने ३४ जना बेलायतले अनुमति पाएका छन्।

छिमेकी भारतबाट २६, नेपालका २१, रुसका १७, फ्रान्सका १३, उत्तरी छिमेकी चीनबाट १४ र अष्ट्रिया र अस्ट्रेलियाबाट ११/११ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ।