May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

घटेर आयो पेट्रोलको मूल्य, डिजेल र हवाई इन्धनको बढ्यो

310

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

नेपाल आयल निगमका अनुसार शुक्रबार पठाएको नयाँ मूल्य सूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य घटेको छ । नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ७९ पैसाले घटेर आएको छ ।

डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ । निगमका सहायक प्रवक्ता पुस्कर कार्कीकाअनुसार पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको छ ।

Advertisement

यसअघि चैत महिनामा (अप्रिल १) मा पनि आईओसीले मूल्यसूची पठाएको थियो ।