June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिट दर्ता

2.6K

काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिटको पेशी मंगलबार (भोलि)लाई तोकिएको छ ।

सरकारले अवैध रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेको भन्दै निलम्बित अधिकारी सर्वोच्च अदालत गएका हुन् । सरकारले विभिन्न अभियोग लगाउँदै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएपछि अधिकारी गभर्नर पदबाट निलम्बनमा परेका हुन् ।

गभर्नर अधिकारीले सरकारको निर्णय खारेज गरेर आफूलाई निरन्तर काम गर्न दिने गरी अन्तरिम आदेश माग गर्दै हिजो (आइतबार) सर्वोच्च अदालत गएका थिए । उक्त रिट निवेदनमा अध्ययन गरेपछि सर्वोच्च प्रशासनले आज दर्ता गरेको हो ।

Advertisement