काठमाडौं : नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ। विश्वभर रहेका नेपालीहरुलाई हर्षोल्लासका साथ नयाँ बर्ष मनाउन सजिलो होस्, भन्ने उद्देश्यले अनलिमिटेड डाटा र भ्वाइस सहितको नयाँ अफर ल्याएकाे नेपाल टेलिकमले जनाएको हो।
यो अफर चैत २९ गतेदेखि बैशाख ३ गतेसम्म उपलब्ध हुनेछ। यो अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ।
त्यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ। *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिनेछ।
यसका साथै याे अफरमा रु. २०० देखि रु. ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र रु. ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको छ ।