November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सुनचाँदीको मूल्यमा गिरावट, एकैदिन तोलामा एक हजार ३०० रुपैयाँले घट्याे सुन

2.2K

काठमाडाैं । सुनचाँदीको मूल्यमा गिरावट भएको छ । चैत १५ गते, मंगलबार सुन तोलामा एक हजार ३०० रुपैयाँले घटेको हो । चाँदीको भाउ तोलामा १० रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ९९ हजार २०० रुपैयाँमा झरेको छ । यस दिन तेजाबी सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

सुनको भाउ निरन्तर दोश्रो दिन घटेको हो । अघिल्लो कारोबार दिन सुन तोलामा ४०० रुपैयाँले गिरावट भएर प्रतितोला एक लाख ५०० रुपैयाँ तोकिएको थियो ।

Advertisement

मंगलबार, चाँदीको मूल्य पनि सस्तिएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार हुँदैछ ।

सोमबार पनि चाँदीको मूल्य घटेको थियो । त्यस दिन चाँदी तोलामा २० रुपैयाँले नै गिरावट भएर प्रतितोला एक हजार ३८० रुपैयाँमा झरेको थियो ।