November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

लगानी बोर्ड र महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर

1.9K

काठमाडाैँ । वैदेशिक लगानी आकर्षित गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ र लगानी बोर्ड नेपालबीच सहकार्य गर्ने समझदारी भएको छ । स्वदेशी निजी क्षेत्रको साथ लिएर आफ्ना गतिविधिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अझै प्रभावकारी बनाउने उद्देश्यले समझदारी भएको बोर्डले जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा आइतबार महासङ्घका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । महासङ्घमा रहेको स्वदेशी लगानीकर्ताको सञ्जाल, वैदेशिक लगानीकर्तासँगको सम्बन्ध र त्यहाँको विज्ञतालाई लगानी आकर्षणका लागि केन्द्रित गराउन बोर्डले यस्तो सहमति गरेको हो ।

स्वदेशी व्यापारिक गतिविधिमा बढी केन्द्रित रहेको महासङ्घको क्षमता विस्तार गरी वैदेशिक लगानी आकर्षणतर्फ पनि बोर्डले केन्द्रित गराउन खोजेको देखिन्छ । सहमतिअनुसार अब महासङ्घको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सहायता कक्ष स्थापना गरिनेछ । सहायता कक्षको सञ्चालनमा बोर्डले आवश्यक प्राविधिक तथा अन्य सहयोग गर्नेछ ।

Advertisement