November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

इन्धन महँगिदा बसभाडा पनि बढ्ने स्वचालित प्रणाली लागू गर्न सिफारिस 

2K

काठमाडौँ — यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनमा स्वचालित वैज्ञानिक भाडादर समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गरेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक यातायातमा पनि भाडा बढ्नेगरी यातयात व्यवसायीको माग बमोजिम विभागले मन्त्रालयमा प्रणाली विकास गरी सिफारिस पठाइएको हो ।

स्वचालित भाडा निर्धारण हुनेगरी एउटा प्रणाली विकास गरेर मन्त्रालयमा सहमतिका लागि पेश गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएका कारण भाडा वृद्धि गर्नुपर्ने यातायात व्यवसायीको माग छ,’ महानिर्देशक घिमिरेले भने, ‘इन्धनको मूल्य घटबढ भइरहन्छ, हरेक पटक निर्णय गरेर भाडा बढाउने/घटाउने गर्नुभन्दा पेट्रोलियम पदार्थ लगायत अन्य पार्टपूर्जाको मुल्य वृद्धि वा घटेको आधारमा स्वचालित भाडा समायोजन गर्न जरुरी छ ।’ स्वचालित प्रणाली लागू भए पेट्रोलियम पदार्थको मूल्य घटबढ भएअनुसार सार्वजनिक सवारीसाधनको भाडा पनि घटबढ हुने उनको भनाइ छ ।

Advertisement