धनकुटा : धनकुटाका स्थानीय तहमा ७० करोड रुपैयाँभन्दा बढी रकम बेरुजु रहेको छ। जिल्ला समन्वय समितिको सभाहलमा भएको जिल्लास्तरीय समीक्षा कार्यक्रममा स्थानीय तहले प्रस्तुत गरेको प्रतिवेदनमा स्थानीय तहको ७० करोडभन्दा बढी बेरुजु रहेको देखिएको हो।
धनकुटामा रहेका ३ वटा नगरपालिका र ४ वटा गाउँपालिकाले गरेका प्रतिवेदनमा ७० करोड ६४ हजार २४२ रुपैयाँ बेरुजु देखाएका छन्।
धनकुटामा सदरमुकाममा रहेको धनकुटा नगरपालिकामा गत आर्थिक वर्ष ०७७।७८ सम्म २० करोड ७८ लाख २२ हजार रुपैयाँ बेरुजु रहेको छ। जसमा आर्थिक वर्ष ०७७।७८ मा १ करोड ३१ लाख १९ हजार रुपैयाँ बेरुजु थपिएको हो भने ०७७।७८ मा ४६ लाख ९० हजार बेरुजु फर्छ्यौट भएको छ।
महालक्ष्मी नगरपालिकामा गत आर्थिक वर्ष ०७७।७८ सम्म १७ करोड १६ लाख ६२ हजार ७३२ रुपैयाँ बेरुजु छ। जसमा आर्थिक वर्ष ०७७।७८ मा २ करोड ७४ लाख ८० हजार ११९ रुपैयाँ बेरुजु थपिएको हो भने ०७७।७८ मा ५ करोड ८५ लाख २ हजार २६८ बेरुजु फर्छ्यौट भएको छ।
यता पाख्रिवास नगरपालिकामा गत आर्थिक वर्ष ०७७।७८ सम्म ७ करोड २० लाख ६३ हजार रुपैयाँ बेरुजु रहेको छ। जसमा आर्थिक वर्ष ०७७।७८ मा १ करोड ९२ लाख रूपैयाँ बेरूजु थपिएको हो भने ०७७।७८ मा ३ करोड ३९ लाख ५० हजार बेरुजु फर्छ्यौट भएको छ।
यस्तै साँगुरीगढी गत आर्थिक वर्ष ०७७।७८ सम्म ९ करोड ३ लाख १७ हजार ८९९ रुपैयाँ बेरुजु रहेको छ। जसमा आर्थिक वर्ष ०७७।७८ मा ९ करोड ४७ लाख १० हजार २०३ रूपैयाँ बेरुजु थपिएको हो भने ०७७।७८ मा ४३ लाख ९२ हजार ३ सय रुपैयाँ बेरुजु फर्छ्यौट भएको छ।
यता छथर जोरपाटी गाउँपालिकामा गत आर्थिक वर्ष ०७७।७८ सम्म ६ करोड ९० लाख १९ हजार ६११ रुपैयाँ बेरुजु रहेको छ। जसमा आर्थिक वर्ष ०७७।७८ मा ९८ लाख २९ हजार ७९७ रुपैयाँ बेरुजु थपिएको हो भने ०७७।७८ मा २ करोड ६४ लाख ७० हजार १७९ बेरुजु फर्छ्यौट भएको छ।
यस्तै चौबिसे गाउँपालिकामा गत आर्थिक वर्ष ०७७।७८ सम्म ५ करोड ३२ लाख ८६ हजार रुपैयाँ बेरुजु रहेको छ। जसमा आर्थिक वर्ष ०७७।७८ मा २ करोड ९ लाख ६६ हजार रुपैयाँ बेरुजु थपिएको हो भने ०७७।७८ मा बेरुजु फर्छ्यौट भएको छैन।
यता सहिदभूमि गाउँपालिकामा आर्थिक वर्ष ०७७।७८ सम्म ३ करोड ५८ लाख ९३ हजार रुपैयाँ बेरुजु रहेको छ। जसमा आर्थिक वर्ष ०७७।७८ मा १ करोड २७ लाख ६ हजार रुपैयाँ बेरुजु थपिएको हो भने ०७७।७८ मा २ करोड ९१ लाख ५७ हजार बेरुजु फर्छ्यौट भएको छ।