April 17, 2025, Thursday
२०८२ बैशाख ४
1:37:26 pm

मूल्यवृद्धिविरुद्ध विप्लवनिकट अखिल क्रान्तिकारीद्वारा आयल निगम घेराउ

1.5K

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् ।

आइतबार विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राख्दै निगममा घेराउ गरेका हुन् ।

उनीहरुले मूल्यवृद्धि खारेज गर, बढ्दो महँगी नियन्त्रण गर लगायतका नारा लगाएका छन् । त्यस्तै, उनीहरुले पेट्रोलियम पदार्थ घटाएर विद्युतीय सामाग्रीको प्रयोगमा प्रोत्साहन गर्नुपर्ने जनाएका छन् ।

Advertisement

पछिल्लो पटक वृद्धि भएको मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५५ र डिजेल तथा मट्टिटेल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ । निगमले भने वृद्धि गर्दा पनि घाटा नै रहेको बताउदै आएको छ ।