March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

तोलामा १२ सय घट्यो सुन

1.6K

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर ओरालो लागेको छ। हिजो तोलाको १८ सयले घटेको सुन आज १२ सयले घटेको छ। 

मंगलबार तोलामा १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार १२ सयले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।