February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

नेपाल एयरलाइन्सले पायो साउदी अरेबिया उडान अनुमति

२०७८ फाल्गुन २२

2.3K

काठमाडाैं । साउदी अरेबियाले नेपाल वायुसेवा निगमलाई उडान अनुमति प्रदान गरेको छ। साउदीको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएसन (जेएसिए) ले आज उडान अनुमति दिएको हो।

जेएसिएबाट प्राप्त अनुमतिअनुसार अब रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ।

निगमले आज एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाडौं-रियाद-काठमाडौं क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ।

Advertisement