March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड सुनिश्चितता प्राप्त

२०७८ फाल्गुन १९

1.5K

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ११ करोड बजेटको सुनिश्चिता प्राप्त भएको जानकारी दिएको छ ।

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलअनुसार स्थानीय तह निर्वाचन सञ्चालन एवं व्यवस्थापनका लागि आयोगलाई अर्थमन्त्रालयबाट आठ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको हो । 

आउँदो ३० वैशाखमा एकै चरणमा देशभर स्थानीय तहको निर्वाचनका लागि सरकारबाट आयोगलाई सो बजेटको सुनिश्चितता प्राप्त भएको हो । 

Advertisement

मतदातासम्बन्धी विवाददेखि त्रुटि सच्याउनेसम्मका कार्य २० देखि २६ फागुनसम्म चल्ने जानकारी दिएको आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ भइरहेको बबताएको छ । 

आयोगकाअनुसार निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नाम २६ फागुनभित्रमा प्रकाशन गरिनेछ ।

Avatar