February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

१५० पुग्यो पेट्रोलको मूल्य, डिजेल र मट्टीतेल प्रतिलिटर १३३

२०७८ फाल्गुन १९

1.8K

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले आज (बिहीबार) मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। 

निगमले जारी गरेको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेल प्रतिलिटर १३३ रुपैयाँ मूल्य निगमले तोकेको छ। निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ कायम गरेको छ। निगमले एलपिजी ग्यासको मूल्य भने बढाएको छैन। निगमले एलपिजी ग्यास प्रतिसिलिन्डर मूल्य  १ हजार ५७५ रुपैयाँ यथावत् राखेको छ।

इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको र यसबाट निगमलाई एक महिनामा नै अर्बौं घाटा हुने भन्दै निगमले विज्ञप्ति जारी गरेको एक साता पनि नपुग्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

Advertisement