काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले आउँदो वर्ष हुने चुनावका लागि ५० अर्ब रुपैयाँ बजेट माग भएको बताएका छन् । स्थानीय चुनावका लागि सुरक्षालगायत अन्य खर्चबाहेक मात्र १२ अर्ब रुपैयाँ माग भएको शर्माले बताएका हुन् ।
मन्त्री शर्माले आज बजेटको अर्धवार्षिक समिक्षामा बोल्दै चुनावका लागि अहिले १० अर्ब रुपैयाँ मात्र छुट्याइएको बताए । चुनावका लागि स्रोत व्यवस्थापनमा चुनौती भएको समेत बताए ।
सरकारले ३० वैशाख २०७९ मा स्थानीय चुनाव गर्ने घोषणा गरिसकेको छ । चुनाव एकै चरणमा गर्ने तयारी छ ।