November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

क्रिप्टोकरेन्सीको जोखिमपूर्ण कारोबारमा सहभागी नहुन राष्ट्र बैंकको आग्रह

1.8K

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कुनै वैधानिक आधार नभएको उल्लेख गर्दै यस्तो जोखिमपूर्ण कारोबारमा कोही पनि सहभागी नहुन सबैलाई आग्रह गरेको छ । मंगलबार एक चेतनामूलक सन्देश जारी गर्दै राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो । बैंकले कारोबारमा जुन कुनै बेला जे पनि हुन सक्ने बताउँदै खतरापूर्ण रहेको जनाएको छ ।

क्रिप्टोकरेन्सी वास्तविक नभएर भर्चुअल हुने र निजी क्षेत्रबाट सञ्चालित यस्तो मुद्राको कुनै वैधानिक आधार समेत नहुने हुँदा खतरापूर्ण रहेको बैंकले बताएको छ । यस्तो कारोबारले मुलुकको पुँजी पलायन गराउन समेत ठूलो भूमिका खेल्ने हुँदा सबै सचेत हुन र जिम्मेवार हुन समेत बैंकले भनेको छ ।

हाल विश्वमा ८ हजार भन्दा बढी क्रिप्टोकरेन्सीका विभिन्न भर्चुअल मुद्राहरू चलनचल्तीमा रहे पनि कुनैको पनि वैधानिकता र सुरक्षितताको ग्यारेन्टी नभएको बैंकको भनाइ छ ।

Advertisement