November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

1.7K

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ कायम भएको छ । सोमबार तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

Advertisement

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । सोमबार एक हजार २५५ रुपैँयामा कारोबार भएको चाँदी मंगलबार प्रतितोलामा एक हजार २६० रुपैयाँ निर्धारण भएको छ ।