November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बुद्धजयन्ती अगावै गौतमबुद्ध विमानस्थल सञ्चालनमा ल्याइन्छ : मन्त्री आले

2.9K

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री प्रेम आलेले आगामी बुद्ध जयन्तीअघि नै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने बताएका छन् ।

विमानस्थलको निरीक्षणका क्रममा शनिबार भैरहवा आएका मन्त्री आलेले नागरिक उड्डयन प्राधिकरणका अधिकारी र मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै यस्तो बताएका हुन् । ‘अव विमानस्थल सञ्चालनमा कुनै विलम्ब हुनुहुँदैन, बुद्ध जयन्ती अगावै नै विमानस्थल सञ्चालनमा ल्याइने छ’ उनले भने ।

निर्माण सुरु भएको सात वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग पूरा भएको छ । विमानस्थलमा पूर्वाधार निर्माण तथा उपकरण जडान सकिएको र केही प्राविधिक काम भइरहेको छ । विमानस्थल निरीक्षणका क्रममा मन्त्री आलेसहित मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर, राष्ट्रिय गौरव आयोजनाका निर्देशक, उपनिर्देशक लगायतको टोली आएको थियो ।

Advertisement

विमानस्थल निरीक्षणपछि प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले आगामी फागुन ९ गते परीक्षण उडानको कार्यतालिका बनाइएको जानकारी दिए । मौसमले साथ दिएमा आउँदो फागुन ९ गते थाइल्याण्डदेखि नेपालमा विमान अवतरण हुनेगरी कार्यतालिका बनाइएको छ, उनले भने । ठाकुरले आउँदो बुद्ध जयन्तीका दिन चार्टड विमानमा लुम्बिनीमा पाहुना ल्याउने गरी विमानस्थल सञ्चालनको योजना बनाइएको पनि बताए ।