November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

स्थानीय निर्वाचन गठबन्धन सरकारले नै गराउँछ : मन्त्री आङ्बो

3.7K

विराटनगर : प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले  स्थानीय तहको निर्वाचन गठबन्धन सरकारले नै गराउने बताएका छन्।

मन्त्री आङ्बोले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा लेख्दै यस्तो बताएका हुन्। उनले ०७४ को तीन चरणको स्थानीय तहको निर्वाचन गराउने तत्कालीन गठबन्धन सरकार नै रहेको बताएका छन्।

उनले लेखेका छन्, ‘असाध्यै जटिल अवस्थामा पनि संविधान र संघीयता कार्यावन्यन र संस्थागत गराउन २०७४ मा ३ चरणमा स्थानीय तहको निर्वाचन गराउने तत्कालीन ‘प्रचण्ड–देउवा’ गठबन्धन सरकार नै र अब पनि संविधान सङ्ग बाझिएको कानुन संशोधन गरेर संवैधानिक प्रावधान अनुरूप स्थानीय तहको निर्वाचन यही गठबन्धन सरकारले नै गराउनेमा सबै ढुक्क भए हुन्छ।’

Advertisement

आइतबार साँझ मात्रै गठबन्धनले स्थानीय निर्वाचनबारे कानुनविद्‍हरूसँग छलफल गरेको थियो। छलफलमा कानुनविद्‍हरूले मूल संविधानसँग बाझिएका सम्पूर्ण निर्वाचन ऐनहरू संशोधन गर्नुपर्ने सुझाव दिएका थिए।