November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

झण्डै ३०० अंकको बृद्धिपछि नेप्सेमा १० अंकको करेक्सन

4.7K

नेप्से सूचकमा झण्डै ३०० अंकको बृद्धिपछि मंगलबार १० अंकको करेक्सन देखिएको छ। यस दिन लगानीकर्ता नाफा बुक गर्नतर्फ लाग्दा नेप्सेमा सामान्य करेक्सन देखिएको हो।

पुस १६ गतेदेखि लगातार बढ्दै आएको नेप्से सूचक सोमबारसम्ममा २९८.२५ अंकले बढेको थियो भने मंगलबार सामान्य अंकले घटेको हो। मंगलबार नेप्से सूचक १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेको छ सेन्सेटिभ सूचक भने १.१० अंकले बढेको छ।

मंगलबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा अझै बढेको छ। सोमबार ८ अर्ब तलको शेयर कारोबार भएकोमा यस दिन ८ अर्ब भन्दा बढीको शेयर कारोबार भएको छ। मंगलबार ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ बराबरको १ करोड ६० लाख ४ हजार ५३० कित्ता शेयर कारोबार भएको छ।

Advertisement

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ७ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

यस दिन सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै ९.४९ प्रतिशतले बढेको छ भने मध्य भोटेकोशी जलविद्युतको ८.११ प्रतिशत, बुद्धभुमि हाइड्रोपावरको ६.०८ प्रतिशत, प्रभु बैंकको ५.५६ प्रतिशत र बरुण हाइड्रोपावरको ४.६६ प्रतिशतले बढेको छ।

यता मानुषी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ४.६२ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ४.४७ प्रतिशत, खानी खोला हाइड्रोपावरको ४.४० प्रतिशत र सिन्धु विकास बैंकको ४.२१ प्रतिशतले घटेको छ।

मंगलबार अपि पावरको सबैभन्दा धेरै २८ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको २८ करोड ७१ लाख, नेपाल दुरसञ्चार कम्पनीको २५ करोड १९ लाख, आइएमई जनरल इन्स्योरेन्सको २४ करोड ५६ लाख र हिमालयन डिस्टिलरीको २० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।