November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सबै एटिएम बुथमा सेनिटाइजर राख्न राष्ट्र बैंकको निर्देशन

2K

काठमाडौं : नेपाल राष्ट्र बैंकले कोरोना महामारीबाट जोगिन आवश्यक मापदण्डको अनिवार्य पालना गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन जारी गरेको छ। 

सोमबार सूचना जारी गर्दै राष्ट्र बैंकले सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाएर सेवा प्रवाह गर्न भनेको छ ।

एटिएम बुथहरूबाट हुनसक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी सेनिटाइजर लगायतका सामग्रीको व्यवस्था गर्न निर्देशन दिइएको छ।

Advertisement