November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम ७ अर्बभन्दा बढी

2.8K

काठमाडाै । नेप्सेले तेस्रो कारोबार दिन वृद्धिलाई निरन्तरता दिएको छ। गत साताको अन्तिम कारोबार दिनदेखि उकालो लागेको नेप्सेले, यस साताको दोस्रो कारोबार दिन पनि निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १९.४३ अंक बढेर २७८४.९५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.१६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६३ अंक बढेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स भने ०.१४ अंक घटेको छ।

यस दिन २३६ कम्पनीको ७७ हजार १८३ पटकको कारोबारमा ७ अर्ब १२ करोड ३४ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ४२ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

Advertisement

सोमबार तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मध्य भोटेकोशी जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन खानीखोला र हिमालयन उर्जाको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन प्रभु सेलेक्ट फण्डको इकाईमूल्य सर्वाधिक ३.१७ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन चन्द्रागिरी हिल्स, कुमारी बैंक, नेपाल बङ्गलादेश बैंक, सेञ्चुरी कमर्सियल बैंक, आरएसडिसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य २ प्रतिशतभन्दा बढी घटेको छ।

सोमबार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक घटेको छ भने बाँकी ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ५.४८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक ३.३१ प्रतिशत बढेको छ भने व्यापार, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१८ प्रतिशत घटेको छ भने बैंकिङ्गको ०.८२ प्रतिशत र उत्पादन तथा प्रशोधनको ०.६६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस दिन सो फाइनान्सको २२ करोड ७७ लाख ४० हजार रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल टेलिकम र एनआईडिसीएलको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।