November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतसँग मल खरिद गर्ने मन्त्रीपरिषद्को निर्णय

1.7K

काठमाडौं । सरकारले भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने भएको छ । आज (बुधबार) बसेको मन्त्रीपरिषद्को बैठकले मल खरिद गर्नका लागि भारतसँग पाँच वर्ष सम्झैता गर्ने निर्णय गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पहिलो वर्ष डेढ लाख मेट्रिकटन मल खरिद हुने छ । त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जानेगरी सम्झौता हुन लागेको कृषिमन्त्री महिन्द्र राय यादवले बताए । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला यसबारे सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ ।

अन्तर्राष्ट्रिय रुपमा मलको अत्यधिक मूल्य वृद्धि भएको कारण त्यसको असर नेपालमा पनि परेको छ । मूल्य वृद्धिका कारण ठेकेदार कम्पनीहरुले मल ल्याउन नसकेको कारण नेपालमा मलको हाहाकार हुने गरेको छ । त्यही भएर सरकारले भारतबाट सिधै मल खरिद गर्ने भनि सम्झौता गर्न लागेको मन्त्रालयले जनाएको छ ।

Advertisement