November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

निमित्त वन निर्देशक बिष्टविरुद्ध ६ करोड ८७ लाख रूपैयाँ भ्रष्टाचार मुद्दा

2.3K

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेमराज बिष्टविरुद्ध ६ करोड ८७ लाख ५७ हजार ८० रूपैयाँ भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

आयोगले आज (बुधबार) बिष्टउपर उक्त रूपैयाँ बराबरको बिगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ।

अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विष्टविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement

विष्टले सार्वजनिक सेवाको पदमा रहँदा पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप आयोगले लगाएको छ। अख्तियारले विष्टकी पत्नी रुबी जि.सी. (विष्ट) समेतलाई प्रतिवादी कायम गर्न सम्पत्ति जफत गरी पाउन माग गरेको छ।