काठमाडौँ । नेपाल पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीलाई निलम्बन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा पर्यटन बोर्ड सञ्चालक समिति अध्यक्ष महेश्वर न्यौपानेले बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा बनेको छानबिन समितिले रेग्मीलाई तत्काल कार्यालयको काम नगर्ने/नगराउने गरी निलम्बन गरेको हो ।
सीईओ रेग्मीले असोज २९ बेलायतबाट फर्किँदा भन्सारको छुट सुविधाभन्दा बढी मदिरा बोकेर ल्याएका थिए । उक्त घटनामा उनले भन्सारका कर्मचारीलाई दुर्व्यवहार गरेका थिए ।
रेग्मीले ६ बोतल मदिरा ल्याएका थिए । भन्सारले विदेशबाट फर्किँदा एक व्यक्तिले १ लिटर (बोतल) मदिरा ल्याउन छुट दिएको छ । सोही घटना छानबिन समितिले उनलाई प्रतिवेदन तयार नभएसम्मका लागि शुक्रबार निलम्बन गरेको हो ।