June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

नेप्सेमा १०० अंकको गिरावट

3.3K

काठमाडाैं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १०० भन्दा बढी अंकले घटेको छ।

बजार खुलेदेखि नै तिव्र गतिमा ओरालो लागेको नेप्से, साढे २ घण्टामा १००.८२ अंक घटेर २२६०.४२ विन्दुमा झरेको छ।

सो अवधिसम्ममा सेन्सेटिभ इण्डेक्स १६.६५ अंक घटेको छ।

Advertisement

सो समयसम्ममा २२९ कम्पनीको ३९ हजार १३९ पटकको कारोबारमा २ अर्ब ५५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएका सबै उपसमूहको परिसूचक ओरालो लागेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.७१ प्रतिशत घटेको छ।

सो अवधिसम्ममा बोटलर्स नेपाल तराइ बाहेक अन्य कुनै कम्पनीको शेयरमूल्य बढेको छैन। यद्यपि, केही ऋणपत्र र म्युचुअल फण्डको मूल्य भने सो अवधिमा सामान्य बढेको छ।