June 15, 2025, Sunday
२०८२ असार १
1:37:26 pm

सेयर बजारमा पहिरो, बजार ८८ अंकले घट्यो

1.7K

काठमाडौं : साताको पहिलो दिन सेयर बजारमा पहिरो गएको छ। बजार आज ८८ दशमलव ७० अंकले घट्दा नेप्से परिसूचक दुई हजार तीन सय ६१.२७ को विन्दुमा झरेको छ।

दुई सय २८ सूचीकृत कम्पनीको ७२ लाख २३ हजार २ सय ४० कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज मञ्जु फाइनान्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, युनिलिभर, स्वाभलम्बन लघुवित्त, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। बाँकी सबैको मूल्य ओरालो लागेको छ।

Advertisement

नयाँ सारथी लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ। मञ्जुश्री फाइनान्स, नेशनल हाइड्रो र नबिल बैंकको सेयर १० करोड रुपैयाँमाथिको भएको छ।