January 18, 2022, Tuesday
२०७८ माघ ४
1:37:26 pm

हवाई उडानको टिकट पनि आजैबाट महंगियो, कुन ठाउँकाे कति ?

२०७८ कार्तिक २८

290

काठमाडौं । सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेपछि वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएको छ । सरकारले वहाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मुल्य बढाएर १०१ रुपैयाँ पुर्याएको छ ।

अब सोही अनुसार यात्रुले हवाई यात्राका क्रममा अधिकतम २२० रुपैयाँसम्म बढी मूल्य तिर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत परिमार्जित मूल्यलाई स्वीकृति प्रदान भएको छ भने आज (आइतबार)बाट यो भाडादर कायम भएको छ ।

परिमार्जित फ्यूल ‘सरचार्ज’ अनुसार सबैभन्दा बढी काठमाडौं-धनगढी रुटमा २२० रुपैयाँ बढेको छ । यस्तै काठमाडौंबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शूल्क १७० रुपैयाँ बढेको छ ।

यस्तै पोखरा-विराटनगर रुटमा उड्ने यात्रुले प्रतिटिकट १८० रुपैयाँ बढी तिर्नुपर्ने भएको छ । काठमाडौंबाट जुम्ला उडानमा १७० रुपैयाँ भाडा बढी पर्ने भएको छ ।

Advertisement

वायुसेवा संचालक संघले काठमाडौंबाट सुर्खेत १७५, काठमाडौंबाट नेपालगन्ज १६०, काठमाडौंबाट भद्रपुर १५० रुपैयाँ भाडा बढेको जनाएको छ ।