January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

ऐन नियममा छिद्र खोजेर आफूखुशी काम नगर्न बैंकहरूलाई गभर्नरकाे निर्देशन

२०७८ कार्तिक २३

450

काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ऐन, नियममा छिद्रा खोजेर आफूखुशी काम नगर्न बैंकहरूलाई सचेत गराएका छन् ।

मंगलवार काठमाडौंमा नेपाल बैंकर्स संघको अधिवेशनमा गर्भनर अधिकारीले राष्ट्र बैंकको ऐन, नियममा छिद्र खोजेर तथा गलत व्याख्या गरेर उपभोक्ता र सरोकारवालाको अपेक्षालाई नजरअन्दाज गरी आफूखुशी काम नगर्न बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराएका हुन्।

उनले बैंकहरूले बजार र उपभोक्तालाई हेरेर काम गर्नुपर्नेमा जोड दिए। उनले बैंकहरूले त्यसरी काम गरे वित्तिय प्रणालीमा जोखिम थपिने भएकाले बैंकहरूलाई सजग गराए।

Advertisement

बैंकहरूको अस्वस्थ प्रतिस्पर्धाको कारण नै राष्ट्र बैंकले बाध्य भएर हस्तक्षेप गर्नुपरेको उल्लेख गर्दै उनले हस्तक्षेप गर्ने अवस्था आउन नदिने गरी काम गर्नसमेत आग्रह गरे। बैकिङ प्रणाली चुस्त बनाउन बैंकले सहयोग गर्नुपर्ने बताउँदै गर्भनर अधिकारीले बैंकहरू प्रतिस्पर्धाबाटै चल्नुपर्नेमा भएपनि अस्वस्थ प्रतिस्पर्धा भएको बताए।