February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

करिब साढे ४ महिनाको न्यून विन्दुमा नेप्से, कारोबार रकम ५ अर्बमा सीमित

1.4K

काठमाडाैं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २.६५ प्रतिशत घटेर बन्द भएको छ। यो पछिल्लो करिब साढे ४ महिनाको न्यूनतम विन्दु हो। यस अघि गत बैशाख ३० गते नेप्से २६८४.०१ विन्दुमा बन्द भएको थियो।

मबार नेप्से परिसूचक ७३.०५ अंक घटेर २६८५.४१ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १२.९४ अंक घटेर ५०६.३३ विन्दुमा झरेको छ भने फ्लोट इण्डेक्स ५.२४ अंक र सेन्सेटिभ इण्डेक्स ४.५४ अंक घटेको छ।

यस दिन नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ। यस दिन २२७ कम्पनीको ५ अर्ब १२ करोड ९ लाख ७३ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन बजारमा साढे ६ अर्बको शेयर कारोबार भएको थियो।

Advertisement

घटेको बजारमा यस दिन दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मनकामना स्मार्ट लघुवित्त र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर करिब १० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन गोर्खाज फाइनान्सको शेयरमूल्य ६ प्रतिशत बढेको छ। कारोबारमा आएका गुडविल फाइनान्स, युनाइटेड इदी मार्दी, नेपाल फाइनान्स, कालिका पावर, पोखरा फाइनान्स र नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन १३ वटै उपसमूहका परिसूचक घटेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.५३ प्रतिशत घटेको छ। त्यसैगरी, निर्जीवन बीमा, लगानी र विकास बैंकको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन करिब साढे १५ करोडको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन युनाइटेड मोदी हाइड्रोपावरको साढे १३ करोडको शेयर कारोबार भएको छ।