September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

१३ वटै उपसमूहको परिसूचक रातो, नेप्से र कारोबार रकम दुबै घट्यो

165

काठमाडाैं । मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ। अघिल्लो कारोबार दिन अर्थात साेमबार ७ उपसमूहको परिसूचक उकालो लागेकोमा यस दिन सबै उपसमूहको परिसूचक घटेको हो।

जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक उपसमूहको परिसूचक १.१९ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.९८ प्रतिशत, वित्तको ०.९१ प्रतिशत, जलविद्युतको ०.८९ प्रतिशत र जीवन बीमाको ०.८७ प्रतिशत घटेको छ। सबैभन्दा कम घट्ने उपसमूह भने विकास बैंक र म्युचुअल फण्ड रहेका छन्। यी दुई उपसमूहको परिसूचक यस दिन ०.२१ प्रतिशत घटेको छ।

Advertisement

कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन रैराङ्ग हाइड्रोपावर र युनाइटेड मोदीको २२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।