May 27, 2024, Monday
२०८१ जेष्ठ १४
1:37:26 pm

तेह्रथुम पावर कम्पनीको आईपीओ आजदेखि

2.3K

काठमाडौं– तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आज (बुधबार)देखि आवेदन दिन सकिने भएको छ। पहिलो चरणमा केही दिनअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई सेयर जारी गरेको कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्कासन गरेको हो।

आयोजना प्रभावित स्थानीयका लागि ४ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गरिसकेको छ। कम्पनीले बिक्रीमा ल्यएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ।

बाँकी रहने ७ लाख ४४ हजार कित्ता सेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्ने सेयर विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले  जनाएको छ।
कम्पनीले निष्कासन गेरको सेयरमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ। त्यस अवधिभित्र माग अनुसार आवेदन नपरे भदौ २३ गतेसम्म म्याद थप हुने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ।

Advertisement

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट एवं मेरो सेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी रेटिङ प्रदान गरेको छ। हाल चुक्ता पूँजी २८ करोड रुपैयाँ कम्पनीको चुक्ता पुँजी आईपीओ निष्कासनपछि ४० करोड रुपैयाँ पुग्नेछ।

आयोजना प्रभावित स्थानिय सहित सर्वसाधारणमा रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार १० गते अनुमति पाएको हो।

कम्पनीले तेह्रथुम जिल्लामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गाखोेला साना जलविद्युत आयोजना निर्माण गरी विद्युत् उत्पादन गरिरहेको छ। कम्पनीले उक्त आयोजनाबाट २०७६ साल फागुन १७ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ।

कम्पनीको उक्त आयोजनाको कुल लागत रू. १ अर्ब ३४ करोड १७ लाख १० हजार रहेको छ। आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनी रू. ४२ लाख ७१ हजार खुद नोक्सानी व्यहोरेको छ। उक्त अवधिसम्म कम्पनीको वास्तविक प्रतिसेयर आम्दानी ८४ दशमलव ७४ र प्रतिशेयर नेटवर्थ रू. १२ दशमलव ९० ऋणात्मक रहेको छ।