March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

यस्तो ल्यायो राष्ट्र बैंकले मौद्रिक नीति (पूर्णपाठ)

1.7K

काठमाडौं- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८ / ०७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेका हुन् ।

आर्थिक वर्ष २०७८ /०७९ मुद्रास्फीति दर ६. ५० प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ । गत वर्ष ७ प्रतिशत लक्ष्य राखिएको थियो । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज (शुक्रवार) मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको असर न्यून गर्न यसअघि नै ल्याइएको पुनरुत्थान कर्जालाई निरन्तरता दिइएको जानकारी गराएका छन् ।

नीतिमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको होटल, पर्यटन तथा हवाई क्षेत्रलाई विशेष चासोका साथ सम्बोधन गरिएको छ । कोरोनाका कारण नगद प्रवाहमा समस्या भएका क्षेत्रलाई समेत मौद्रिक नीतिले विशेष चासो दिएको छ । त्यस्तै ७ महिना आयात वस्तु धान्न सक्नेगरी विदेशी विनिमय सञ्चिति गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

Advertisement

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले मुद्रास्फीति नियन्त्रित अवस्थामा रहे पनि मूल्यमा केही चाप पर्ने अवस्था रहेको बताए । त्यस्तै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेकाले विप्रेषणमा जोखिम कायमै रहेको र त्यसले शोधनान्तर स्थितिमा दबाब पर्नसक्ने उनले बताए ।

यस्तै कोरोनाले समस्यामा पारेको सार्वजनिक यातायातको मर्मत–सम्भारका लागि थप दुई लाख रुपैयाँसम्मको ऋण दिने व्यवस्था गरिएको छ । स्थिर विनिमय दरको व्यवस्था, वित्तीय स्रोत परिचालनको दायरा फराकिलो बनाइएको छ भने ब्याजदर करिडोर, ब्याजदर स्थायित्व कामय हुने गरी व्यवस्थापन गरिएको छ ।

यस्तै विप्रेषण बैंक तथा वित्तीय संस्थामा राखेको अवस्थामा थप ब्याज पाउने नयाँ व्यवस्था नीतिमा गरिएको छ । गभर्नर अधिकारीका अनुसार विप्रेषण रकम (रेमिट्यान्स) बैंकिङ प्रणालीमा राखिएको सन्दर्भमा अहिले पाउने ब्याजदरमा थप एक प्रतिशत बढी पाउने व्यवस्था गरिएको छ ।

मौद्रिक नीतिको पूर्णपाठ

https://drive.google.com/file/d/1hztPJn8lOHm25EsFjwTMdNHx5EeK6ZUj/view