February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

बढ्यो सुनचाँदीको मूल्य

2.6K

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोलाा ३०० रुपैयाँले बढ्दा चाँदी तोलामा १० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९२ हजार १०० रुपैयाँ र तेजावी सुन ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि हिजो बिहीबार सोही परिमाणको छापावाल सुन ९१ हजार ८०० रुपैयाा र तेजावी सुन ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।