April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

6K

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा फेरि  बृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई (आन्तरिक उडान)को मूल्य बढाएको हाे ।

निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई (आन्तरिक उडान)को मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाएको छ । १५ दिनको अवधिमा मात्रै आयल निगमले इन्धनको मूल्य पुनः बढाएको हो ।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल तथा मट्टितेलको मूल्य १०८ र हवाई इन्धन (आन्तरिक)को मूल्य ८० रुपैयाँ प्रतिलिटर कायम भएको छ।

Advertisement