April 16, 2024, Tuesday
२०८१ बैशाख ४
1:37:26 pm

बजेटमा कृषि क्षेत्रलाई हेपियो: राष्ट्रिय कृषक समूह महासंघ

2.2K

काठमाडौं– देशको अर्थतन्त्रको गार्हस्थ उत्पादनमा कृषिले गरेको योगदानको आधारमा आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन नभएको भन्दै राष्ट्रिय कृषक समूह महासंघ नेपालले असन्तुष्टि जनाएको छ।

मल र दुग्ध कारखाना जस्ता केही महत्वकांक्षी योजनाले गर्दा झट्ट हेर्दा बजेट बढेको देखिएपनि कृषि क्षेत्रलाई हेपिएको महासंघको आरोप छ।

कृषि क्षेत्रलाई उत्थानशील क्षेत्रको र अर्थतन्त्रको  प्रमुख आधारको रुपमा रुपमा विकास गरिने, खाद्यपोषण सुरक्षाअधिकार सुनिश्चित गरिने, कृषियोग्य जमिनको चक्लाबन्दी, सामूहिक र करारखेतीको विषय बजेटमा समावेश भएपनि उत्थानशील र पर्यावरणीय कृषिको प्रवर्धनमा योगदान गर्ने समुदायलाई बजेटमा सम्बोधन नगरिएको महासंघको भनाइ छ।

Advertisement

कृषि बिमाको दायरा बढाउने भनिएको भएपनि ७५ प्रतिशत अनुदान दिइँदै आएको कृषि बिमालाई घटाएर ५० प्रतिशतमा झारिएको भन्दै महासंघले असन्तुष्टि जनाउँदै त्यसलाई सच्याउन माग गरेको छ। महासंघले बजेटका विषयमा विभिन्न दश बुँदे धारणा सार्वजनिक गरेको छ।