November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सार्वजनिक संस्थानमा कसको कति लगानी?

2.6K

काठमाडौं– सार्वजनिक संस्थानको रुपमा १९९३ मा विराटनगर जुट मिल स्थापना भएपछि प्रथम पञ्चवर्षीय योजना (विस २०१३ देखि २०१८) अवधिमा सार्वजनिक संस्थान स्थापना हुन थालेको थियो। २०४७ सालसम्म ६२ वटा संस्थान पुगेकामा हाल ४४ वटा मात्रै रहेका छन्। त्यसमा पनि आर्थिक वर्ष २०७६/७७ देखि राष्ट्रिय बिउविजन कम्पनी कृषि सामग्री कम्पनीमा गाभिएको छ। योसँगै अहिले ४३ वटा सार्वजनिक संस्थान अस्तित्वमा छन्।

औद्योगिक क्षेत्रमा १०, व्यापार क्षेत्रमा ५, सेवा क्षेत्रमा १०, सामाजिक क्षेत्रमा ५, जनोपयोगी ५ र वित्तीय क्षेत्रमा ९ गरी वटा सार्वजनिक संस्थान छन्। तीमध्ये ३३ वटा संस्थान सञ्चालनमा छन्।

जनकपुर चुरोट कारखाना, बुटवल धागो, नेपाल इन्जिनियरिङ र नेशनल कन्स्ट्रक्सन कम्पनी कानुनी रुपमा अस्तित्वमा रहे पनि संस्थानको कुनै व्यवसायी संलग्न छैनन्। नेपाल मेटल कम्पनी सञ्चालनमा नै आएको छैन। नेपाल रेल्वे कम्पनी सञ्चालनको तयारी छ। धौवादी फलाम र नेपाल पूर्वाधार कम्पनी आर्थिक वर्ष ७६/७७ मा स्थापना भएका हुन। ४४ वटा सार्वजनिक संस्थानको वित्तीय अवस्था आर्थिक वर्ष २०७५/७६ सम्ममा सकारात्मक छ।

Advertisement

आर्थिक वर्ष २०७६/७७को अवस्था भने अर्थमन्त्रालयले जेठ १४ गते शुक्रबार सार्वजनिक गर्दै छ।आर्थिक वर्ष २०७४/७५ मा कुल सञ्चालन आय ३ खर्ब ९० अर्ब ९२ करोड ६६ लाख रुपैयाँमा रहेको संस्थानहरुको २०७५/७६ मा २० दशमबल २९ प्रतिशतले बढेर ४ खर्ब ७० अर्ब २६ करोड २५ लाख पुगेको थियो। 

२०७४/७५ को तुलनामा २०७५/७६ मा संस्थानहरुको खुद नाफा १२ दशमलव ३६ प्रतिशतले बढेको थियो। २०७५÷७६ मा खुद नाफा ४८ अर्ब ७७ करोड ४१ लाख पुगको छ। 

संस्थानहरुबाट हुने लाभांश २०७५÷७६ मा अघिल्लो आवको तुलनामा ४ दशमलब २८ ले कमी आई ९ अर्ब ४७ करोड ९ लाख रुपैयाँ पुगेको छ। २०७५÷०७६ मा सञ्चित नाफा ३ दशमलब ८३ प्रतिशत र सञ्चित नोक्सानी २७ दशमलव ३३ प्रतिशतले कमी आएको थियो।

समग्रमा सञ्चित नाफा २८ दशमलव २८.९३ प्रतिशतले वृद्धि भई ५१ अर्ब ६६ करोड ९१ लाख पुगेको छ। यसैगरी २०७५/७६ मा २६ संस्थान नाफामा थिए भने ५ वटा संस्थानाको कारोबार शून्य थियो। १३ संस्थान नोक्सानीमा रहेका थिए।

जनकपुर चुरोट, विद्युत् उत्पादन, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी व्यावसायिक रुपमा सञ्चालनमा छैनन्। नोक्सानीमा रहेको नेपाल ओरियण्ड म्याग्नासाइट, बुटवल धागो सञ्चालनमै रहेको छैन भने रेल्वे कम्पनी निर्माणधीन रहेको छ। दुबै कम्पनीकोे प्रशासनिक खर्च नोक्सानीमा रहेका छ।

आर्थिक वर्ष २०७५/७६ मा २६ संस्थानको खुद नाफा १७ प्रतिशत र १३ संस्थानको नोक्सनी ३०६.५८ प्रतिशतले बढेको थियो। यसैगरी आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीकोष/नेट वर्थ आर्थिक वर्ष २०७४/७५ को तुलनामा २१.०१ प्रतिशतले वृद्धि भई ६ खर्ब १० अर्ब ४२ लाख रुपैयाँ पुगको छ। 

आर्थिक वर्ष २०७५/७६सम्म आइपुग्दा संस्थानहरुमा कुल लगानी ४ खर्ब ६४ अर्ब ५९ करोड ३१ लाख रुपैयाँ पुगेको छ। सेयर लगानी २०७४/७५ को तुलनामा ३५.६७ प्रतिशतले वृद्धि भई २ खर्ब ७१ अर्ब ८३ करोड ९९ लाख पुगको छ। संस्थानहरुको ऋण भने १ खर्ब ९२ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ पुगेको छ।