काठमाडौं । सरकारले विद्युत व्यापारको लागि निजि क्षेत्रबाट सञ्चालित नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)लाई अनुमति दिने भएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार गरेको अन्तरक्रिया कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले निफ्रालाई उक्त अनुमति दिन लागिएको जानकारी दिए ।
उनका अनुसार सरकारले अन्य प्रतिस्पर्धी कम्पनीलाई पनि अनुमति दिन तयारी गरिरहेको छ । “जुन प्रक्रियाबाट निफ्रालाई अनुमति दिइन्छ, त्यसैगरी अन्य कम्पनीलाई पनि अनुमति दिइन्छ” , उनले भनेका छन् ।
स्मरणरहाेस्, निफ्रा प्रधानमन्त्री केपी शर्मा ओली निकटको विवादास्पद व्यापारिक घराना विशाल गुप्रको लगानीमा रहेको बैंक हो ।