November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बढ्यो सुनको मूल्य

2.1K

काठमाडाैंः बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला ७ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

मंगलबार प्रतितोला १ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि १ हजार ५० रुपैयाँमा नै खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ । 

Advertisement