April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

जेठ १५ गते अध्यादेशमार्फत बजेट घोषणा हुँदै

2.5K

काठमाडाैंः सरकारले जेठ १५ गते भर्चुअल माध्यमबाट बजेट ल्याउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बजेट भाषण गर्ने भएका हुन् ।

अर्थमन्त्री पौडेलले शनिबार दिउँसो ४ बजे बजेट भाषण गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि उनले भोली अर्थात शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएका छन् ।

मन्त्री पौडेलले शुक्रबार दिउँसो २ बजे आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्यतालिका तय भएको अर्थमन्त्रालयले जनाएको छ ।

Advertisement

नयाँ संविधान बनेपछि पहिलोपटक अध्यादेशमार्फत बजेट सार्वजनिक हुँदैछ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि अध्यादेशमार्फत बजेट आउन लागेको हो ।

कोरोना भाइरस संक्रमणका कारण अर्थतन्त्र धरासायी बनेपनि यो पटकको बजेट लोकप्रिय हुने आँकलन गरिएको छ ।सरकारले यसवर्षको बजेटमा निर्वाचन केन्द्रीत कार्यक्रमहरु समेट्ने आँकलन गरिएको छ ।

प्रतिपक्षी दल, संविधान तथा अर्थविद्हरुले वर्तामान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्त भित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरी नयाँ नीति कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।