November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेप्सेमा यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

1.9K

काठमाडाैं- साताको पहिलो दुई दिन लगातार रेकर्ड बनेको नेप्सेमा तेस्रो दिन मंगलबार सामान्य ‘करेक्सन’ आएको छ। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक र कारोबार रकम उच्च विन्दुमा पुगेर दोहोरो रेकर्ड बनेको थियो। यसअघि आइतबार नेप्से परिसूचक २८ सय माथि पुगेर रेकर्ड बनेको थियो।

सोमबार २८२३.०५ विन्दुमा पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आज ६.४७ अंकले घटेर २८१६.६० विन्दुमा झरेको छ। ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ४.५१ अंकले घटेर ५०३.९९ विन्दुमा कायम भएको छ।

आज नेप्सेमा कूल ११ अर्ब १३ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कूल २१९ वटा कम्पनीका दुई करोड ३४ लाख ६५ हजार ६७५ कित्ता सेयर एक लाख १२ हजार १४८ पटक खरिद-बिक्री भएका थिए।

Advertisement

आज बरुण हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.९५ प्रतिशतका दरले कमाएका छन्। मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ३.२२ प्रतिशतका दरले गुमाएका छन्।

आज अरुण काबेली पावर लिमिटेडको सेयर सबैभन्दा धेरै ३३ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडका आठ लाख ९७ हजार १० कित्ता सेयर किनबेच भएका थिए। हाइड्रोइलेक्ट्रसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीका सेयर सबैभन्दा बढी तीन हजार ६४४ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।

आज हाइड्रोपावर, जीवन बिमा, म्युचुअल फण्ड, माइक्रोफाइनान्स, ट्रेडिङ र निर्जीवन बिमा समूहको परिसूचक उकालो लाग्दा बाँकी समूहमा गिरावट आएको छ।

यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी: