काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । तोलामा एक सय रुपैयाँ बढेर आज सुनको भाउ प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँ बढेर १३ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।