June 19, 2021, Saturday
२०७८ असार ५
1:37:26 pm

अस्ट्रेलियाले कोभिडविरुद्धको प्रतिकार्यमा नेपाललाई साढे ६३ करोड सहयोग गर्ने

340

काठमाडाैं- अस्ट्रेलियाले कोभिड-१९ विरुद्धको प्रतिकार्यका लागि नेपाल सरकारलाई ६३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

अत्यावश्यक उपकरण अक्सिजनसहितका स्वास्थ्य सामग्री खरिद तथा प्रादेशिक अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण खरिद गर्न उक्त रकम प्रदान गरिएको यहाँस्थित अस्ट्रेलियाली राजदूतावासले जनाएको छ।

नेपालका स्थानीय तहमा आम नेपालीका बीच कार्यरत अमेरिकी, बेलायती, जापानी र राष्ट्रसङ्‍घीय निकायमार्फत् सहायता परिचालन गरिने दूतवासले बताएको छ।

No description available.