काठमाडौं – तीन लघुवित्तसहित विभिन्न १६ कम्पनीले सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनको ९आईपीओ० खुला गर्न अनुमति मागेका छन् । जसको लागि कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा निवेदनसमेत दिईसकेका छन् ।
बोर्डले जनाएअनुसार १६ कम्पनीले ४ अर्ब ४६ करोड ७७ लाख ६३ हजार ४ सय रुपैयाँ बराबरको ५ करोड ९६ लाख ७७ हजार ६३४ कित्ता आईपीओ निष्कासनको अनुमती माग गरेका हुन् ।
जसमध्ये मानुसी लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासनको अनुमति माग गरेको छ भने मनकामना स्मार्ट लघुवित्तले ३ लाख ८९ हजार कित्ता निष्कासनको अनुमति मागेको छ । त्यस्तै लघुवित्त क्षेत्रको जीवन विकास लघुवित्त कम्पनीले पनि १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको छ ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यको आईपीओ बोर्डले अनुमति दिए लगत्तै खुल्ला हुनेछ ।
आईपीओ निष्कासनको लाईनमा अधिकांश जलविद्युत
धितोपत्र बोर्डमा आईपीओको लागि निवेदन दिने मध्ये अधिकांश जलविद्युत कम्पनी छन् । निवेदन दिनेमा साहस उर्जा कम्पनी, सयपत्री हाइड्रोपावर कम्पनी, अपर हाइड्रो इलेक्ट्रोसिटी, हिमालयन हाइड्रोपावर, बुद्ध भूमी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, ग्रिन भेञ्चर्स हाइड्रोपावर, मैलुङ खोला जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, विन्धवासिनी हाइड्रोपावर र सामलिङ पावर कम्पनी छन् ।
जसमध्ये ग्रिन भेञ्चर्स कम्पनीले सबैभन्दा धेरै ६२ करोड ५० लाख बराबरको ६२ लाख ५० हजार कित्ता शेयर बिक्रीको अनुमती मागेको छ । त्यस्तै न्यादी हाइड्रोले ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता शेयर निष्कासनको माग गरेको छ भने बलेफी हाइड्रोले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर निष्कासनको अनुमति मागेको छ ।
हाइड्रो सँगसँगै डिस मिडिया नेटवर्कले पनि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २३ लाख ९५ हजार ९२९ कित्ता शेयर जारी गर्ने अनुमति मागेको छ ।