April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

नेप्सेमा एकै दिन दोहोरो रेकर्ड : परिसूचक र कारोबार रकम हालसम्मकै उच्च

2.2K

काठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एकै दिन दोहोरो रेकर्ड कायम भएको छ। मंगलबार नेप्से परिसूचक र कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

आज नेप्से परिसूचक ३४.५९ अंकले बढेर २७९३.८१ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च विन्दु हो। यसअघि २०७८ जेठ ३ गते नेप्से २७७०.८८ विन्दुमा पुगेको थियो।

mostbet

यस्तै, आज कूल ११ अर्ब ३५ करोड ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यो रकम हालसम्मकै सबैभन्दा धेरै हो। यसअघि २०७७ साल माघ २६ गते १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँ बराबरको करोबार भएको तथ्यांक छ।

Advertisement