June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

काेराेना राेकथाम र उपचारका लागि कर्णाली प्रदेशले छुट्यायाे झन्डै १४ कराेड

285

काठमाडौं– कर्णाली प्रदेश सरकारले काेभिड नियन्त्रण र उपचार सामग्री खरिदका लागि झन्डै १४ कराेड रुपैयाँ तत्काल खर्च गर्ने गरी रकम छुट्याएकाे छ।

जेठ २ गते बसेकाे प्रदेश मन्त्री परिषद्काे‍ बैठकले सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णयसमेत गरेकाे छ।
प्रदेश सरकारले अक्सिजन सिलिन्डर खरिद तथा व्यवस्थापनकाे लागि ६ कराेड ३५ लाख रुपैयाँकाे स्राेत सुनिश्चित गर्दै खर्चका लागि सहमति दिएकाे छ।

यसैगरी, रेमडिसिभरलगायतका औषधि खरिदका लागि १ कराेड, अक्सिजन कन्सनट्रेटर खरिदका लागि ५ कराेड ४५ लाख र काेभिड बिरामीकाे हवाई उद्धारका लागि १ कराेड छुट्याउने निर्णय प्रदेश मन्त्रिपरिषदले गरेकाे हाे।