November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एनएमबि बैंकका ग्राहकलाई अनलाइनबाटै केवाईसी भर्ने सुविधा

2.9K

काठमाडौं- एनएमबि बैंकका ग्राहकले अब अनलाइनबाटै केवाईसी अपडेट गर्न सकिने भएको छ। डिजिटल बैंकिङ सेवालाई थप विस्तार गर्दै बैंकले केवाईसी विवरणहरू अनलाइन अपडेट गर्न सक्ने व्यवस्था गरेको हो।

‘ग्राहकहरूले एनएमबि डिजिटल प्लेटफर्महरू (ओम्निच्यानल/सामाजिक सञ्जाल) मार्फत् अनलाइन नयाँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकहरूले पनि सजिलै यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्दछन्,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकका अनुसार यस नयाँ प्रणालीको साथ, अनलाइन खाताहरू खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नु पर्नेछ। खाता सक्रिय गर्नका लागि हस्ताक्षरबाहेक कुनै पनि फारम भर्नुपर्ने छैन।

Advertisement