November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सीईडीबी हाइड्रोपावरको सेयर बाँडफाँट हुँदै, आवेदकमध्ये २ लाख ३४ हजारले मात्र पाउने

2.9K

काठमाडौं– सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँट हुँदै छ।
आईपीओ विक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँटको कार्यक्रम तय भएको हो। कम्पनीले वैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो।

कम्पनीले २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्बसाधारणमा वितरण गर्न लागेको हो। 

यसमध्ये कम्पनीले २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो।

Advertisement

कम्पनीको आईपीओमा १६ लाख ३७ हजार ६५९ जना आवेदकबाट २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता शेयर खरीदको लागि आवेदन परेको विक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ। कम्पनीको आईपीओ २ लाख ३४ हजार १९५ जनाले मात्रै न्यूनतम १० कित्ताका दरले प्राप्त गर्नेछन् ।