काठमाडौं – साताको अन्तिम कारोबार दिन कारोबार मापक नेप्से परिसूचक १० अंकले बढेको छ । आजको दीन परिसूचक १०.१३ अंकले बढेर २ हजार ६ सय ८४ अंकको विन्ुमा पुगेको छ ।
नेप्सेसंगै कारोबार रकम पनि आज सुधारिएको छ । आज कारोबारमा आएका २१८ कम्पनीको २ करोड १९ लाख ५५ हजार ९ सय ४३ कित्ता शेयर खरिद बिक्रिबाट ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २ सय ८० रुपैयाँ कारोबार रकम पुगेको छ ।
आजको दिन दिव्यश्वरी हाईड्रो, समता घरेलु लघुवित्त, सहितका अन्य १३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने व्यापार, होटल तथा पर्यटन, उत्पादन मूलयक लगायतका समूहका सवइन्डेक्स घटेका छन् ।